अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु

धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु


पोखरा-धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । धादिङ त्रिपुरा सुन्दरी ३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका ८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो ।

सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते छन् । 

उनीहरूको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप निगरानी र विशेष उपचारका लागि मुटु र स्नायु अनुगमन आवश्यक भएको भन्दै काठमाडौँ रिफर गरिएको मेडिकल अधिकृत डा. कुशल अधिकारीले जानकारी दिनुभयाे ।