अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज दमक र गौरीगञ्जका १३ वटा टोलका मतदाता भेट्दै

अध्यक्ष ओलीले आज दमक र गौरीगञ्जका १३ वटा टोलका मतदाता भेट्दै


झापा- निर्वाचन प्रचार प्रसारका आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दैहुनुहुन्छ । बिहान दमक ९ को चियादोकानमा ९.३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरुपमा गौरीगञ्ज केन्द्रित हुनुहुन्छ । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदतालाई भेटघाट गर्दैहुनुहुन्छ । कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ । यसबीचमा उहाँले गौरीगञ्ज ५ को श्ँयामा टोली,हरिरा,माथिल्लो दिनाभद्री,अल्ताबारी,दुर्गा मन्दिर,नयाँ बजारका मतदतासँग भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ । यस्तै बाह्रशुद्धी,लतिझुला,भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।
कार्कीका अनुसार गौरीगञ्ज ३ मा बगुवातेलकानी,ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ ।
यस अघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गर्नु भएका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउनु हुनेछ ।