अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा रास्वपा सहित विभिन्न पार्टीबाट ३५० भन्दा बढी एमाले प्रवेश

झापामा रास्वपा सहित विभिन्न पार्टीबाट ३५० भन्दा बढी एमाले प्रवेश


दमक-निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर बढेको छ। यसै क्रममा झापाको क्षेत्र-५ स्थित दमक ४ बाट ३५० जना भन्दा बढि एमालेमा प्रवेशमा प्रवेश गरेका छन्। बुधबार धरधरे टोलमा आयोजीत कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न दल परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन्। एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नु भएको हो ।

विगतमा समेत नेकपा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि उहाँ बाहेक अरुले विकासको अगुवाई गर्ने नसक्ने ठहर गरि एमालेमा प्रवेश गरेको उनीहरुले बताए ।

यस अघि समेत रास्वपाका क्षेत्रीय नेताहरु सहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरि सकेका छन् । आगामी फागुन २१ को प्रतिनिधी सभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेद्वार रहनु भएको छ ।