भोजपुर-चुनाव आउन अब ८ दिन मात्रै हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरका नेता-कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
आज मात्रै जिल्लाको रामप्रसादराई गाउँपालिका–६ कन्यदहमा बिन्द्र राई र पाण्डव राईको नेतृत्वमा दर्जनौं नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन्। उनीहरुलाई नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमाले सचिव शेरधन राईले पार्टी प्रवेश गराउनुभएको हाे।
नेकपाबाट देश तथा जिल्लाले निकास नपाउने भन्दै एमाले प्रवेश गरेको उनीहरुले बताएका छन्। एमाले उम्मेदवार शेरधन राईको भोजपुर बदल्ने संकल्पलाई साथ दिन आफूहरु एमाले प्रवेश गरेको उनीहरुको भनाई छ ।
पाण्डव तत्कालीन माओवादी केन्द्र रामप्रसादराई गाउँपालिका वडा नं ६ का उपाध्यक्ष हुन् भने बिन्द्र वडा कमिटी सदस्य रहेका थिए ।







प्रतिक्रिया