गौरीगञ्ज-झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफूहरुको हात सूर्य बाहेक अन्त जाँदै नजाने बताएका छन्।
आज गौरीगञ्ज-५ को श्यामाटोली पुग्नु भएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले आफूहरुले विगत देखि नै नेकपा एमालेलाई जिताउँदै आएको र यस पटक पनि जिताएरै छोड्ने अडानमा रहेको सुनाए ।
स्थानीय होवोदेवी राजवंशीले भन्नुभययाे, ‘हामी त जुग देखि एमाले हो। सूर्यबाहेक अन्त भोट हालेकै छैन। यस पटक पनि सूर्यमै हाल्ने हो ।’ उहाँले यस क्षेत्रमा बाटो विस्तार गरी बिजुलीको सेवा सहज बनाई दिन एमाले अध्ययक्ष ओली समक्ष आग्रह पनि गर्नुभयाे।
यस्तै साेही ठाउँका किरण गनगाईले बाटो, बिजुली केहि नभएको ठाउँमा ओलीलेनै विकास गर्नु भएको भन्दै बाँकी विकासको जिम्मा लगाउन पनि सुर्यमा नै भोट हाल्ने बताउनुयभाे ।

‘अरु कस्ले गर्छ र जिताउनु ?’ उहाँले भन्नुभयाे, ‘जसले गर्छ, उसैलाई त हो भोट दिने।’ रतुवा खोलाको तटबन्धन थप बलियो बनाउन जरुरी रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब ओलीको जीत पछि यि काम पूरा हुने विश्वास व्यक्त गरेका छन्।
सिमावर्ती गौरीगञ्जको गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाल लगायतका आदिबासी समुदायका स्थानीयले हर्षउल्लास पूर्वक स्वागत गरेका थिए । काखे नानी च्यापेर आएका महिलाहरुले समेत ओलीसँग मातृभाषामा समेत साक्षातकार गरेका थिए ।











प्रतिक्रिया