अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने

चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने


काठमाडौं-सरकारले यही फागुन २१ गते हुने निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

फागुन १२ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।

‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने,’ सरकारको निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भन्नुभयाे ।

साथै, सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उहाँले बताउनुभयाे।