तेह्रथुम-आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तेह्रथुम जिल्लाको चुनावी मैदान रोचक बन्दै गएको छ। नेकपा एमालेका सचिव भानुभक्त ढकाललाई चुनावी मैदानमा हुनुहुन्छ।
सचिव ढकाल चुनावी अभियानकै क्रममा जिल्लाको विभिन्न ठाउँमा मतदाताकाे घर घरमा पुग्नुभएको छ। सचिव ढकाल पुगेको ठाउँहरुमा जनताको उत्साहपुर्ण सहभागिता देखिन थालेको छ। देश निर्माणमा एमाले र जिल्लाको विकासमा आफ्नो महत्वपूर्ण भूमिका रहने उहाँले बताउदै आउनुभएकाे छ।
चुनावको मिति नजिकिदै गर्दा जनताको राम्रो साथ पाएको र आफूले जित्ने उहाँले बताउनुभयाे। यो पटकको निर्वातनमा जनताले देश बनाउने र जलाउनेलाई चिन्ने उहाँको भनाइ छ ।






प्रतिक्रिया