अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली जनतासँगै, आज दिनभर कमल गाउँपालिकामा

एमाले अध्यक्ष ओली जनतासँगै, आज दिनभर कमल गाउँपालिकामा


दमक-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिका अन्तर्गका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्दैहुनुहुन्छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ को एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीबार दिनभरी कमल गाउँपालिकाका विभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ। बिहान ११ बजे कमल–५ को सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा पुगेर अध्यक्ष ओलीले स्थानीयसँग भेटघाट गर्ने छन् ।

यहाँको कार्यक्रम सम्पन्न गरेलगत्तै साढे १ बजे कमल–३ सानो केर्खामा भेटघाट कार्यक्रम तय भएको छ। साढे २ बजे कमल–४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम रहेको जनाइएको छ। यहाँको भेटघाट सकिएलगत्तै साढे ३ बजे कमल–२ को भुत्लुङमा अध्यक्ष अ‍ोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम छ।

पार्टीको स्थानीय वडा कमिटीले भेटघाट आयोजना गरिए अनुसार विभिन्न स्थानमा भेटघाट गरी सुझाव र समस्याका विषयमा छलफल गरिने जनाइएको छ। यहाँको भेटघाट सकिएलगत्तै सोही वडाको जीवन चौकमा ४ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ।

अपरान्ह्र साढे ४ बजे कमल–४ र ६ मा पर्ने नयाँ बस्तीका बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसरी नै आजै साँझ ५ बजे कमल–५ को रत्नपुर टोलमा मंलगबारेमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम सम्पन्न गरिने भएको छ ।भेटघाटको क्रममा स्थानीयले राखेका समस्या र सुझावका विषयलाई लिएर बाँकी विकास निर्माण कामको येजना बनाइनेछ ।

अध्यक्ष ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रुपमा लिएका छन् । मतदाता भेटघाट कार्यक्रममा सबैभन्दा बढी प्रथामिकता स्थानीय बालबालिका, महिला, वृद्धवद्धालाई दिने गरिएको छ । जो आफ्नो समस्या राख्न धेरै टाढा जान सक्दैनन् उनीहरुसँग घर तथा टोलमा नै पुगेर अध्यक्ष ओलीले भेटघाट गर्दै आएका छन् । हिजो मात्र उनले यही निर्वाचन क्षेत्रअन्तर्गतको गौरीगञ्ज गाउँपालिकाको ११ स्थानमा पुगेर भेटघाट सम्पन्न गरेका थिए ।