अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुक्रबार गुल्मीका ९ स्थानीय तहमा सार्वजनिक बिदा

शुक्रबार गुल्मीका ९ स्थानीय तहमा सार्वजनिक बिदा


 गुल्मी-जिल्लाका ९ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् ।

कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।

१२ वटा स्थानीय तह रहेको गुल्मीमा ९ वटा स्थानीय सरकारले ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा-छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

स्थानीय तहहरुले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।