काठमाडौँ- यही २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएकाे छ।
विमानस्थल सुरक्षा स्रोतका अनुसार देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर प्रस्थान गर्नुभएकाे हाे ।
स्रोतका अनुसार उहाँ राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको विमान प्रतीक्षा कक्षमा देखिनुभएको थियो । साथै देउवासँग उहाँका केही सहयोगी समेत साथमा रहेको बताइएको छ।






प्रतिक्रिया