अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा घरमाथि रुख ढलेर च्याप्दा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुरमा घरमाथि रुख ढलेर च्याप्दा एक जनाको मृत्यु, एक घाइते

यो बेला
46
Shares


महेन्द्रनगर-कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिनुभयो । घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ ।

त्यसैगरी सोही घरमा रहनुभएकी ४० वर्षीया सीता महता घाइते हुुनुभएको प्रहरीले जनाएको छ । उहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
–––