अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिकट किन्नुपर्ने पार्टी भन्दै कास्कीका नेता राजु राईद्वारा रास्वपा परित्याग 

टिकट किन्नुपर्ने पार्टी भन्दै कास्कीका नेता राजु राईद्वारा रास्वपा परित्याग 


पोखरा- चुनाव नजिकिँदै गर्दा पछिल्लो समय असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोड्नेको लहर नै चलेको छ। यसैबीच, रास्वपा कास्कीका नेता राजु राईले पार्टी परित्याग गर्नुभएको छ। राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा गर्नुभएको हो।

नेता राईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ ? आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसो र एक सेकेन्ड समय पनि खेर फाल्ने छुइनँ ? स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु !’

उहाँले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु भएको भन्दै दुई दिनअघि पनि फेसबुक स्टाटस लेख्नुभएको छ।

२०७९ को निर्वाचनमा कास्की १ बाट लडेका राईले १० हजार ९४१ मत ल्याएका थिए । त्यहाँ जित्ने एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८, दोस्रो हुने कांग्रेसका किशोर दत्त बरालले २३ हजार १८९ मत ल्याउँदा राई तेस्रो भएका थिए। पार्टी छाडेका राई अहिले पनि टिकटको आकांक्षी रहेको बताइएको छ।

गएको निर्वाचनमा १० हजार मत ल्याएका राईलाई टिकट नदिएर रास्वपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएको छ । पौडेललाई टिकट दिएदेखि नै राई पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए ।