सुर्खेत-विभिन्न राजनीतिक दलका आठजना नेतालाई प्रहरीले पक्राउ गरेको छ। यही फागुन २१ गते हुने चुनाव भाँड्ने गतिविधीमा सक्रिय रहेको भन्दै प्रहरीले उनीहरूलाई सुर्खेतबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव २० वर्षीय धीर दर्जी र क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्यूरो सदस्य ४१ वर्षीय कर्णबहादुर बीसी छन्। न्यौपाने सुर्खेत वीरेन्द्रनगर-१ का बासिन्दा हुन् भने दर्जी कालिकोटको नरहरिनाथ गाउँपालिका-७ का र बीसी सान्नी त्रिवेणी गाउँपालिका-६ का बासिन्दा हुन्।
यसैगरी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव ३८ वर्षीय श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव ४५ वर्षीय राजु भनिने राजकुमार पौडेल, नेकपा क्रान्तिकारी सुर्खेत जिल्ला समिति सचिव ५४ वर्षीय रन्तबहादुर वली, नेकपा बहुमतका वडा समिति सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ का ३८ वर्षीय मानबहादुर मल्ल छन्।






प्रतिक्रिया