दाङ-नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार शंकर पोखरेलले चुनावी तालमेलबारे आफूहरू निष्कर्षमा नपुगेको बताउनुभएको छ।
यही फागुन २१ गते हुने निर्वाचनलक्षित आफ्नो संकल्पपत्र सार्वजनिक कार्यक्रममा महासचिव पोखरेलले अरू दलसँग चुनावी तालमेलबारे छलफल भइरहे स्वीकार गर्नुभयाे । तर, निष्कर्षमा नपुगेको उहाँले स्पष्ट पार्नुभयाे ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच दाङ–२ सहित देशभर १० सिटमा तालमेल चर्चाका विषयमा सञ्चारकर्मीको जिज्ञासामा महासचिव पोखरेलले भन्नुभयाे, ‘चुनावी तालमेलका विषयमा हतार गरेर बोल्नु हुँदैन । दलहरूबीच छलफल भइरहेको छ, तर हामी अझै निष्कर्षमा पुगेका छैनौँ ।’






प्रतिक्रिया