अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना


पोखरा-गाउँ नगर मिडिया सेन्टर नेपालले रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ। पूर्वपर्यटनमन्त्री अधिकारीको सातौं स्मृति दिवस अवसरमा संस्थाले सक्रिय पत्रकारलाई हरेक वर्ष प्रदान गर्नेगरी उक्त पुरस्कार स्थापनाको घोषणा गरेको हो। पुरस्कारको नाम ‘रवीन्द्र स्मृति पत्रकारिता पुरस्कार’ रहनेछ। पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

पुरस्कारका लागि हाल एक लाखको अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष हरि बास्तोलाले जानकारी दिए । आगामी दिनलाई अक्षयकोष तथा पुरस्कार राशि वृद्धि गर्दै जाने उनले बताए ।

कास्कीमा कार्यरत सक्रिय पत्रकारको सामाजिक संस्थाको रुपमा विगतमा उक्त संस्था स्थापना भएको थियो । संस्था स्थापनामा तत्कालीन पर्यटनमन्त्री अधिकारीले आर्थिक सहयोग गरेका थिए । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका स्वर्गीय अधिकारीको फागुन १५ गते सातौं स्मृति दिवस मनाइँदैछ ।

संस्थाले ग्रामीण पर्यटन तथा विकासमूलक समाचारलाई मिडियामा प्राथमिकताका साथ प्रकासन तथा प्रकासन गर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार आयोजना गर्ने, पत्रकारको हकहित तथा प्रेस स्वतन्त्रताको पक्षमा सधैं आवाज बुलन्द गर्ने मूल उद्देश्य बोकेको जनाएको छ ।

संस्थालाई आगामी दिनमा सक्रियता दिन पोखरामा छिट्टै बृहत् भेला आयोजना गरी अधिवेशन गर्ने निर्णय समेत गरेको सचिव कृष्ण थापाले बताए । संस्थाले विभिन्न जिल्लास्तरमा पनि शाखा विस्तार गर्दै अघि बढ्ने निर्णय पनि गरेको छ ।