काठमाडौं-नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिनिधिसभा निर्वाचनका विषयमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत निर्वाचनबारे धारणा सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले भयरहीत र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने अधिकार नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्नुभयाे। नागरिक अधिकारको सम्मान गर्न सरकारको सम्पूर्ण संयन्त्र परिचालन गर्नु उसको कर्तव्य रहेको उहाँले बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘भयरहीत र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने अधिकार नागरिकको छ। नागरिक अधिकारको सम्मान गर्नको लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गर्नु उसको कर्तव्य हो। सरकारको वैधताको स्रोत नागरिकहरुको मत हो। त्यो भन्दा भिन्न अवस्थाको कल्पना गर्न सकिँदैन।’
प्रवक्ता चालिसेले सरकारको वैधताको स्रोत नागरिकको मत नै भएको स्पष्ट पार्दै त्यसभन्दा भिन्न अवस्थाको कल्पना गर्न नसकिने धारणा व्यक्त गर्नुभयाे। संविधान अन्तर्गत नागरिकहरूले प्रदत्त अधिकार प्रयोग गर्न पाउनु उनीहरूको हक भएको उल्लेख गर्दै उहाँले ती अधिकारले नागरिकको मत, सार्वभौम सत्ता र सोही सत्तामार्फत सरकार निर्माण हुने प्रक्रियामा कुनै असर पार्न नसक्ने बताउनुभयाे।
कांग्रेसले निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सम्बन्धित निकायहरू जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिएको छ ।






प्रतिक्रिया