अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का


काठमाडौँ-पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान  भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठिक ३ः१८ बजे ४।७ म्याग्निच्युडको यो भूकम्प गएको हो ।

केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला नजिकै रहेको बताइएको छ। यसको प्रभावले सङ्खुवासभा र ताप्लेजुङका विभिन्न गाउँ तथा बजार क्षेत्रमा कम्पन महसुस गरिएको थियो। 

जिल्लाका सुरक्षा अधिकारीहरूका प्रारम्भिक रिपोर्ट अनुसार अहिलेसम्म कुनै पनि मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको सूचना प्राप्त भएको छैन ।