अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तान र अफगानिस्तानबीच युद्ध सुरु : ७० तालिबान मारिए, १२० बढी घाइते

पाकिस्तान र अफगानिस्तानबीच युद्ध सुरु : ७० तालिबान मारिए, १२० बढी घाइते


काठमाडौं-पाकिस्तान र अफगानिस्तानबीच जारी तनाव युद्धमा परिणत भएको छ । अफगानिस्तानले आक्रमण गरेपछि पाकिस्तानले गोलीबारी, बम प्रहार गरेर जवाफी आक्रमण गरेको हो ।

पाकिस्तानी वायुसेनाले तालिबान सैन्य अड्डाहरूलाई लक्षित गरी गरेको आक्रमणपछि अफगानिस्तानको राजधानी काबुलमा गएराति विस्फोट र विमानको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानले अहिलेसम्म क्षतिको बारेमा जानकारी दिएको छैन, तर पाकिस्तानी सेनाले ७० भन्दा बढी तालिबानलाई मारेको दाबी गरेको छ ।

पाकिस्तानी मिडियाले आक्रमणमा ७२ तालिबान मारिएको र १२० जना घाइते भएको दाबी गरेको छ । साथै, धेरै आवासीय क्षेत्रहरू पनि ध्वस्त पारिएको जनाएको छ ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगानिस्तानमा पाकिस्तानी वायुसेनाको आक्रमणको पुष्टि गरे । उनका अनुसार काबुल, कान्दाहार र पक्तिया क्षेत्रमा आक्रमणहरू गरिएको थियो, जसमा धेरै अफगान सेनाका अड्डाहरू ध्वस्त भएका थिए ।

गएराति भएको आक्रमण अफगानिस्तानले फेब्रुअरी २२ मा गरेको पाकिस्तानी आक्रमणको बदला लिने प्रयास गर्दा सुरु भएको थियो ।