अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीमा आजदेखि रक्सी पिउन र किनबेच गर्न निषेध

कास्कीमा आजदेखि रक्सी पिउन र किनबेच गर्न निषेध


पोखरा-कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाएको हो।

आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ। आजदेखि बन्द भएको कारोबार निर्माणको अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म कायम राख्न भनिएको छ।

प्रशासनले निर्वाचन सुरक्षा निर्देशिका तथा निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सूचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयाे । निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल र सबै सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।

सूचनाको बर्खिलाप हुने गरी गतिविधि गरेको पाइएमा सुरक्षा निकायबाट सूक्ष्म निगरानी गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।