अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज रातिबाट काठमाडौंमा मदिराको बिक्री वितरण बन्द

आज रातिबाट काठमाडौंमा मदिराको बिक्री वितरण बन्द


काठमाडौं-प्रतिनिधि सभाको निर्वाचनका लागि आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। 

शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना प्रकाशित गरी आज राति १२ बजेदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको बिक्री विरतणमा प्रतिबन्ध लगाइएको जनाएको छ। फागुन २१ गते मतदान हुने भने भने मतगणना सम्पन्न हुने केही दिन लाग्नेछ। 

काठमाडौँका सहयाक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ जिल्लाभित्र मिति २०८२/११/१५ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।’

जिल्ला प्रशासन कार्यालयले यो अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन नगर्न आग्रह गरेको छ।