अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेको छैन: एमाले अध्यक्ष ओली

सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेको छैन: एमाले अध्यक्ष ओली


दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ। मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाटबललफ्ती विघटन गरिए पछि देश संकट तर्फ धकेलिएको अध्यक्ष ओलीको भनाई छ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियुले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा उहाँले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयाे। उहाँले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताउनुभयो।

अध्यक्ष ओलीले एमाले चुनावबाट नभाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरुको समाधान निकाल्ने बताउनुभयो।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताउनु भयो । चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको समेत उहाँको भनाई छ। कार्यक्रममा उहाँले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासा संवोधन गर्दै उहाँले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरु जनता सम्म पुर्याउन सुझाव पनि दिनुभयो।