बागलुङ–बाग्लुङको काठेखोला गाउँपालिका-२ भीमापोखरा निवासी सामाजिक व्यक्तित्व एवं पूर्व बेलायती सैनिक महेन्द्र केसीले आगामी निर्वाचनमा युवा नेता हिरा बहादुर केसीलाई मतदान गर्न आह्वान गर्नुभएको छ। लामो समय प्रवास र सामाजिक सेवामा बिताउनुभएका केसीले आफ्नो जीवनकै पहिलो मतदान हिरा बहादुर केसीको पक्षमा गर्ने घोषणा गर्नुभएको हो।
सामाजिक अभियन्तादेखि बेलायती सेनासम्मको यात्रा-
२०४० सालमा भीमसेन माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका केसी सो क्षेत्रको प्रख्यात संस्था भीमापोखरा युवा क्लव (विवाइसी) का संस्थापक संयोजक हुनुहुन्छ। २०४२ सालमा स्थानीय युवाहरूलाई संगठित गर्दै खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय मानिन्छ।

धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा राजनीतिक आस्थाका कारण एक साता राजबन्दी जीवनसमेत बिताउनुभएका केसी पछि बेलायती सेनामा भर्ती हुनुभएको थियो। २१ वर्ष ब्रिटिस आर्मीमा सेवा गरी निवृत्त हुनुभएका उहाँ हाल बागलुङ बजारलाई कर्मथलो बनाएर सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय देखिनुहुन्छ।
किन दिने हिरा केसीलाई मत ?
आगामी फागुन २१ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्न लाग्नुभएका केसीले बागलुङ क्षेत्र-१ का उम्मेदवार हिरा बहादुर केसीलाई रोज्नुका ६ मुख्य कारणहरू सार्वजनिक गर्नुभएको छ:
१. संघर्षशील व्यक्तित्व: सामान्य किसान परिवारमा जन्मिएर पारिवारिक जिम्मेवारी र राजनीतिलाई सँगसँगै अगाडि बढाएको।
२. अनुभव र धैर्यता: भूगोल र राजनीतिक अवस्थाको गहिरो ज्ञान भएको तथा विगतका पराजयबाट नआत्तिएर निरन्तर जनताको सेवामा लागेको।
३. परिपक्व नेतृत्व: हार र जितलाई समान रूपमा ग्रहण गर्न सक्ने राजनीतिक संस्कार र परिपक्वता भएको।
४. जनताका समस्यासँग परिचित: जिल्लाका समग्र समस्या र त्यसको समाधानका लागि स्पष्ट खाका र क्षमता भएको।
५. स्वच्छ छवि: व्यक्तिगत आचरण, संस्कार र नैतिकतामा ‘निस्कलंक’ व्यक्तित्व।
६. परिवर्तनको एजेण्डा: समाजहित र स्थापित मूल्य मान्यताको संरक्षणमा स्पष्ट दृष्टिकोण भएको।
’मैले मेरो जीवनको पहिलो मत सूर्य चिन्हमा हिरा बहादुर केसीलाई दिने निर्णय गरेको छु,’ केसीले भन्नुभयो, ‘विगतमा दुई पटक झिनो मतान्तरले पराजित हुनुभएका एक योग्य नेतालाई यसपटक विजयी गराउन म सम्पूर्ण मतदाताहरूमा अपिल गर्दछु।’







प्रतिक्रिया