अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’  

मतदातालाई एलपी साँवा लिम्बुको पत्र: ‘म तपाईंको भरोसाको भारी बोक्न तयार छु’  


झापा-नेकपा एमाले झापा-४ का उम्मेद्वार एलपी साँवा लिम्बुले आफूलाई मतदान गर्न आग्रह गर्दै मतदातालाई पत्र पठाउनु भएको छ। अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा साँवाले हरेक घरमा पुग्ने गरी पत्र पठाउनु भएको निर्वाचन परिचालन समितिका संयोजक मनोज ताम्लीले जानकारी दिनुभयो।

साँवाले लेखेको पत्रमा आफू चुनावमा भोट माग्न मात्र होइन, भरोसाको भारी बोक्न पनि आएको उल्लेख गर्नुभएको छ। ‘म चुनावी मैदानमा भोट माग्न मात्र होइन, तपाईंको भरोसाको भारी बोक्न पनि आएको हुँ’, साँवाले लेख्नुभएको छ ‘मैले राजनीतिलाई कहिल्यै पेशा मानिन, समाज सेवा मात्र ठानें।’

झापा-४ का उम्मेद्वार साँवाले अघिल्ला कार्यकालमा थालिएका अधुरा काम पूरा गर्नका लागि आफूलाई मत हालिदिन आग्रह गर्नुभएको छ। निर्वाचन परिचान समिति मार्फत् प्रत्येक मतदातालाई पत्र पठाएको छ।