दमक-चुनाव नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ का विभिन्न टोलमा पुगेर मतदातहरुसँग भेट गरि रहनु भएको छ। यसै क्रममा शुक्रबार उहाँ गौरादह ४ को खाङ्टा पुग्दा स्थानीय मुस्लिम समुदायका अगुवाहरुले मदरसा सम्म पुग्ने सडक निर्माण गरि दिन तथा जन्मसिद्ध नागरिकता वितरणलाई सहज बनाई दिन माग गर्नु भएको थियो । उहाँ गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गर्नु भएको हो । उम्मेद्वारहरुको यस प्रकारको टोल–टोलमा पुगेर गरिएको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप तातो बनाएको छ भने कार्यकर्ताहरू पनि उत्साहित देखिएका छन् ।
चुनाव नजिकिँदै जाँदा ओली यतिबेला आफ्नै गृहजिल्ला झापा जिल्ला को क्षेत्र नं. ५ मा सक्रिय रहनु भएको हो । ठुला सभाहरु भन्दा उहाँ गाउँ–टोल केन्द्रित चुनावी भेटघाटलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुट्नु भएको हो । क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न बस्ती, टोल र चोकहरूमा पुगेर उहाँले स्थानीय बासिन्दासँग संवाद गर्दै आउनु भएको छ । घरदैलो कार्यक्रममार्फत अध्यक्ष ओलीले मतदाताहरुसँग भेटघाट गर्दै उनीहरूको गुनासा र सुझावसमेत लिई रहनु भएको छ । शुक्रबार ओली गौरादहका विभिन्न बस्तिहरुमा पुग्नु भयो ।






प्रतिक्रिया