अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०६४ मा माओवादीलाई जिताएर गल्ती गरेजस्तो यो निर्वाचनमा नगर्न नागरिक सचेत हुनुपर्छ: विश्वप्रकाश शर्मा

२०६४ मा माओवादीलाई जिताएर गल्ती गरेजस्तो यो निर्वाचनमा नगर्न नागरिक सचेत हुनुपर्छ: विश्वप्रकाश शर्मा


काठमाडौँ-नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नयाँ राजनीतिक दलको नाममा तत्कालीन नेकपा माओवादीलाई ठुलो दल बनाएर गल्ती गरेजस्तो यो निर्वाचनमा नयाँलाई ठुलो बनाएर गल्ती गर्न नहुने बताउनुभएको छ।  

कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले नागरिकलाई सचेत हुन आग्रह गर्नुभएको हो।

उपसभापति शर्माले माओवादीले पहिलो दल भएर संविधानसभामार्फत संविधान जारी गर्न नसकेजस्तो अहिले नयाँ भनेका दलहरू ठुलो बनेमा मुलुक सम्हाल्न नसक्ने बताउनुभयो। ‘नयाँलाई रोज्ने नाममा २०६४ मा जनताले तत्कालीन माओवादीलाई जिताएर गल्ती गरे । उसले संविधानसभामार्फत संविधान बनाउने कार्यको नेतृत्व गर्न सकेन । र,  अर्को निर्वाचन भयो’, उपसभापति शर्माले भन्नुभयो, ‘यो पटक पनि नयाँ भन्नेलाई ठुलो दल बनाएमा ठुलो गल्ती हुन सक्छ । त्यसमा जनता सचेत रहनुहोला ।’  

उपसभापति शर्माले निर्वाचनमा कसले जित्छ भन्ने मूलो प्रश्न नभई कसले मुलुक सम्हाल्न सक्छ भन्ने मूल प्रश्न भएको बताउनुभयो।