अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभामा अरुण नदीको बेलिब्रिज भाँचियो, आवतजावत ठप्प

संखुवासभामा अरुण नदीको बेलिब्रिज भाँचियो, आवतजावत ठप्प


संखुवासभा-संखुवासभाको मकालु गाउँपालिकामा अरुण नदीमा हालिएको बेलिब्रिज भाँचिएको छ।

मकालु गाउँपालिकाको वडा नम्बर ५ र २ को सिमानास्थित नुम–सेदुवा भित्री सडक खण्डमा पर्ने अरुण नदीमाथिको बेलिब्रिज भत्किएको हो ।

बेलिब्रिज भत्किँदा ट्रक नदीमा खसेको छ । ट्रक अरुण नदीमा खस्दा ट्रक चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते ट्रक चालक अर्जुन श्रेष्ठलाई उपचारका लागि हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।