दमक/ झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन् । शनिवार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयबासी तथा व्यवसायीहरुलाई करप्रणालीलाई सेवाग्राहीमैत्री बनाई एकद्वारबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरे । एउटै उद्यमी तथा व्यवसायीले दर्ता, नविकरण तथा कर भुक्तानीका लागि अनेकौ कार्यालय धाउँदा स्वदेशमानै उद्यमी बन्न निरुत्साही हुनु परेको उनीहरुको भनाई छ ।
झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका एमाले अध्यक्ष ओलीले दमक ४ कञ्चनजंघा टोलका मतदाताहरुसँग समेत भेटघाट गर्नु भएको छ । उहाँ हाल आफ्नै निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटमा सक्रिय रहनु भएको छ ।






प्रतिक्रिया