अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई अभिनन्दन

एमाले अध्यक्ष ओलीलाई अभिनन्दन



दमक-पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजीत कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ । अभिनन्दनका क्रममा स्थानीय यहाँ आवश्यक विकासका बाँकि कामहरु पूरा गरि दिन समेत आग्रह गरे । यस्तै सोहि वडाको झोलुङ्गे पुल नजिक आयोजीत कार्यक्रममा स्थानीयले सो पुलका कारण स्थानीयको दैनिक सहज भएको उल्लेख गरे । यहाँको भुमि सम्वन्धि समस्या समाधान समेत गरि दिन स्थानीयको माग थियो । ओली आगामी प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएको छ ।