काठमाडौं-संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावास र महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो ।
विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ । दूतावासले विशेषगरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ ।
दूतावासका अनुसार आपतकालीन सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्नका लागि फोन नम्बर इमेल ठेगाना पनि सार्वजनिक गरिएको छ ।
अबुधाबीस्थित दूतावासको आपतकालीन सम्पर्क नम्बर ं९७१ ५० ८१८०२८० रहेको छ भने इमेल ठेगाना [email protected] सार्वजनिक गरिएको छ । त्यसैगरी, दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोनरह्वाट्सएप नम्बर ं९७१ ५० ३९४९३०४ रहेको छ ।
इमेलमार्फत सम्पर्क गर्न चाहनेले [email protected] jf [email protected] मा सम्पर्क गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया