अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दमकका विभिन्न टोलमा अध्यक्ष ओलीको भेटघाट, यस्तो छ तालिका

आज दमकका विभिन्न टोलमा अध्यक्ष ओलीको भेटघाट, यस्तो छ तालिका


दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकका विभिन्न टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाटमा गर्दै हुनुहुन्छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार दमकका बिहान ११ बजेदेखि अपरान्ह्र ५ बजेसम्म बिभिन्न स्थानमा अध्यक्ष ओलीको भेटघाट कार्यक्रम रहेको छ।

बिहान ११ वजे पहिलो कार्यक्रम दमक ५ स्थित क्याम्पस मोडमा रहेको छ। त्यस लगत्तै सोही वडाको ज्येष्ठनागरिक भवनमा रहेको जनाइएको छ।

यहाँको कार्यक्रम सम्पन्न भएपछि १२ वजेदेखि वाड्न ७ को कालिका टोल र बुद्धमाया टोलमा पुग्ने कार्यक्रम रहेको छ । यहाँ स्थानीय मतदातासँग भेटघाट गर्नुहुनेछ। यस क्रममा जनताका समस्या, सुन्ने समाधानको प्रयास र उपायका बिषयमा मसिनो गरि कुराकानी हुनेछ। यसरी नै मध्यान्ह्र १ बजे वाड्न १ स्थित हिन्दु वैद्धिक सेवा समाजको सभाहलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

अपरान्ह्र २ वजे दमक १० को नलवारी (पुरानो दमक १८) पुग्ने कार्यक्रम रहेको जनाइएको छ । यहाँ भेटघाट सकेपछि अपरान्ह्र ४ बजेदेखि वाड्न ३ को गोलाटार चौक र ओमशान्ति टोल र कुमाल टोल पुगेर आजको अन्तिम भेटघाटको कायक्रम सम्पन्न गर्नु हुने छ ।

अध्यक्ष ओलीले यो पटक आफै उपस्थित भएर स्थानीय टोलटोलमा पुगेर मतदाताका समस्या बुझ्ने र समाधानका उपायका बिषयमा छलफल गर्नु्भएको छ । यसले गर्दा आगामी दिनमा कुन क्षेत्रमा कस्तो प्रकारको समस्या रहेको छ भन्ने कुराको जानकारी पाएको र अव सोही बमोजिम योजना तय गरिने अध्यक्ष ओलीको धारणा छ ।

जनतासँगको भेटघाटको क्रममा बिभिन्न स्थानका फरक फरक समस्या रहेको पाइएको छ । कतै सडक स्तरोउन्नति, कतै खाने पानीको समस्या छ भने कतै सुकुम्बासीको समस्या छ । कतै टेलिफोनको टावर नटिप्ने त कतै बिद्युत बिस्तार गर्नु पर्ने रहेकोछ। भेटघाटमा अधिकांशका ठुला समस्या र गुनासो नरहेको पाइएकोछ । यस्ता समस्या चाँडै समाधान गर्न सकिने खालका रहेको जनाइएको छ।