दाङ-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा दाङ क्षेत्र नम्वर २ मा चार पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा एमालेका महाचिव शंकर पोखरेल चुनाव लडेको यस क्षेत्रमा विशेषगरी एमालेका पोखरेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य र नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यबीच प्रतिस्पर्धा हुने आंकलन छ।
एमालेका उम्मेदवार पोखरेल पार्टीका केन्द्रीय महासचिव हुने भने कांग्रेसका उम्मेदवार घिमिरे केन्द्रीय विभागका सदस्य हुन्। यस्तै, रास्वपा र नेकपाका आचार्यद्वय क्रमश सहमहान्त्री र केन्द्रीय सदस्य हुन्।
ठूला दलका ४ उम्मेदवार प्रतिस्पर्धा गरिरहँदा दाङ-२ मा चुनावी माहोल रोचक बनेको छ। घरदैलो अभियानक्रममा जनताबाट पाएको स्वागत, समर्थन, माया र पार्टी प्रवेशको लहरले तीब्र प्रतिस्पर्धाका बीच नेकपा एमालेका उम्मेदवार पोखरेलको पक्षमा
चुनावी माहोल बन्दै गएको विश्लेषण हुन थालेको छ।
२०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रकी नेतृ रेखा शर्माले काँग्रेस, तत्कालीन नेकपा एसको समेत समर्थनमा २६ हजार ८ सय ८० मतका साथ कडा प्रतिष्पर्धाका बीच १ सय ९३ को झिनो मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन् । पोखरेलले २६ हजार ६ सय ८७ मत ल्याएका थिए भने रास्वपाका बिशाल अधिकारीले १५ हजार ८ सय ६१ मत ल्याएका थिए ।
कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनबाट साझा उम्मेदवार बनेकी शर्मालाई एमालेले एक्लै पनि राम्रै चुनौती दिएको थियो। समानुपातिकतर्फ एमालेले यहाँ २३ हजार ५ सय ६८ मतका पहिलो दल बनेको थियो । समानुपातिकतर्फ काँग्रेसले १९ हजार ५ सय ९१,रास्वपाले १३ हजार ३३,तत्कालीन माओवादी केन्द्रले दश हजार ८ सय २ नेकपा एसले ७ सय ८२ मत ल्याएको थियो ।
अहिले कुनै दलबीच गठबन्धन नभएको र विप्लप नेतृत्वको नेकपा माओवादीले साथ दिएकाले एमालेले आफ्नो समानुपातिक मत मात्र जोगाउन सके महासचिव पोखरेलले सहजै परिणाम आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ ।
स्थानीय स्तरमा लोकप्रिय र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने कारणले पनि यस क्षेत्रमा पोखरेलको माहोल राम्रै बन्दै गएको हो । विभिन्न पार्टी छाडेर युवाहरूको एमाले प्रवेशले एमालेका कार्यकर्ता र समर्थकहरु पोखरेल विजयी हुनेमा ढुक्क छन् ।
स्थानीय समस्या समाधानदेखि राष्ट्रिय स्तरमा राम्रो भूमिका खेल्नसक्ने उम्मेदवारका रुपमा उनलाई लिन थालिएको छ । घरदैलो अभियानका क्रममा उनले गाउँका समस्याहरु मोटरबाटो, खानेपानी, विद्यालय, स्वास्थ्यसेवा लगायत स्थानीयको सु्ख दुःखलाई पनि मसिनोसँग बुझेका छन् ।
विगतदेखि आश्वासन मात्र पाएर वाक्क भएका यस क्षेत्रका बासिन्दामा पोखरेलको प्रतिबद्धताले नयाँ आशा पलाएको छ । यस क्षेत्रमा अधुरा रहेका विकासका काम र जनताले भोग्नु परेका समस्या समाधान गर्न सक्ने एक मात्र उम्मेदवारका रुपमा महासचिव पोखरेललाई लिन थालिएको छ । चुनावी अभियानका क्रममा अन्य प्रतिस्पर्धीलाई उछिन्दै पोखरेल अघि बढेका छन् ।






प्रतिक्रिया