अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई जिताउन योगेश भट्टराई दमकमा

एमाले अध्यक्ष ओलीलाई जिताउन योगेश भट्टराई दमकमा


दमक-एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमक आइपुग्नु भएको छ। उहाँ आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ आइ पुग्नु भएको हो।

आइ पुगे लगत्तै उहाँ मतदाताहरु सङको भेटमा सकृय हुनु हुन्छ । उहाँ आज कमल गाउपालिकमा हुने र्याली उद्घाटनका लागि पुग्दै हुनुहुन्छ। ओलीले चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ।