काठमाडौं-नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको हारजित एक जना ओलीको मात्र नभई यो देशको हारजित भएको बताउनुभएकाे छ।
आइतबार झापा-५ को कमल गाउँपालिका गेउरियामा आयोजित चुनावी कोणसभामा बोल्दै उपमहासचिव भट्टराईले झापामा एमालेको जीत सिंगो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो ।
झापा-५ मा अध्यक्ष ओलीलाई भोट माग्दै भट्टराईले भन्नुभयाे, ‘केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र जोडिएको छ। नेपालीत्वसँग जोडिन्छ। उहाँको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिन्छ।’
अध्यक्ष ओलीको विजय वा पराजय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उहाँले स्पष्ट पार्नु भयो ृ। उहाँका अनुसार यो विषय नेपाली राष्ट्रियता, स्वाभिमान र नेपालीत्वसँग जोडिएको छ ृ। ‘केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने कुरा हो र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वका साथ उचाल्ने विषय हो’, उहाँले भन्नुभयो ृ।
उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयलाई उठाउने समय नभएको धारणा राख्नु भयो । अहिलेको आवश्यकता एक ढिक्का भएर पार्टीलाई विजय गराउने भएको उहाँले जोड दिनुभयो ।
पार्टीभित्र कोही संगठन सञ्चालनको जिम्मेवारीमा, कोही संसदमा र कोही स्थानीय तहमा रहेर काम गरिरहेको उल्लेख गर्दै उहाँले यस विषयलाई लिएर अनावश्यक चर्चा–परिचर्चा गर्न आवश्यक नरहेको बताउनुभयो । पार्टीका सबै नेता–कार्यकर्ताले आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।्






प्रतिक्रिया