विराटनग-कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ।
उहाँले आज मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता गर्नुभएको हो। पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई मात्रै देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताउनुभयो। मोरङ क्षेत्र नम्बर ६ बाट पटकपटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उहाँले अहिले सदन मा आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल्ने भएकाले पार्टीभन्दा माथि उठेर उहाँलाई जिताउनुपर्ने बताउनु भएको छ। मोरङ ६ले बलियो आवाज प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उहाँले मोरङ छ को समग्र हित र स्थिरता र प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको घोषणा गर्नुभएको छ। सबै एक भएर मोरङ ६ को समृद्धि लाई अगाडि बढाउने विनोद ढकाल मात्रै उपयुक्त पात्र भएको उहाँले बताउनुभएको छ। आफ्नो उम्मेदवारी पार्टीभन्दा माथि उठेर देश र क्षेत्रको विकासका लागि भएको बुढाथोकीले चर्चा गर्नुभएको छ। उहाँको प्रवेशसँगै र समर्थनसँगै नयाँ युवाहरूको भावना र उर्जालाई अगाडि बढाउन विनोद ढकाललाई थप सहयोग पुग्ने र यसले विजयको यात्रालाई सुनिश्चित गरेको नेकपा एमाले विराटनगर महानगरपालिका अध्यक्ष नवीन गिरीले जानकारी दिनुभयो।






प्रतिक्रिया