काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ आफ्नो राजनीतिक आधारभुमी भएको बताउनुभएको छ ।
निर्वाचनमा मौन अवधी सुरु हुनुभन्दा केही समय अघि एक सन्देश जारी गर्दै ओलीले आफ्नो जीवनसँग गहिरो सम्बन्ध रहेको उल्लख गर्नुभएको छ । ‘विशेष गरी झापा ५ का दाजुभाइ तथा दिदी बहिनीहरु यो क्षेत्रसँग मेरो जीवनको गहिरो सम्बन्ध छ । यहाँका जनताले सधैं साथ दिनुभएको छ’ अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ ‘मैले पनि विकास,पूर्वाधार र अवसर विस्तारमा आफ्नो प्रतिवद्धता कायम राखेको छु । यो मेरो राजनीतिक आधारभुमी हो ।’
उहाँले यो सामान्य परिस्थितीको निर्वाचन नभएको,अन्तराष्ट्रिय जटिलता र राष्ट्रिय चुनौतीका बीचमा यो निर्वाचनको देशको भविष्य र दिशा तय गर्ने महत्वपूर्ण निर्णय भएको अध्यक्ष ओलीको भनाइ छ । संविधान निर्माण देखि नाकाबन्दी र महामारीसम्म हरेक संकटमा देशलाई राजनीतिक स्थिरतामा राख्न प्रयास गरेको उल्लेख गर्नुभएको छ । ‘राष्ट्रिय स्वाभिमान, नयाँ चुच्चे नक्सा र सन्तुलित कूटनीतिक सम्बन्धका विषयमा हामीले कुनै सम्झौता नगरी स्पष्ट अडान लिएका छौँ ’अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ ‘आज विश्व अस्थिर छ, भू–राजनीति जटिल छ। यस्तो अवस्थामा हाम्रो देश भावनामा होइन, परिपक्व कूटनीति र अनुभवी नेतृत्वमा अघि बढ्नुपर्छ।’
चुनाव प्रचारको छोटो समयमा आफू निर्वाचन क्षेत्रका दमक,कमल,गौरादह र गौरीगञ्जका अधिकांस ठाउँमा पुगेको स्मरण गर्दै अध्यक्ष ओलीले आफू जहाँ पुगे पनि मतदातको अपार माया पाएको उल्लेख गर्नुभएको छ । निर्वाचन प्रचारका क्रममा आफूले जान नसकेका ठाउँ र भेट्न नसकेका मतदातासँग पनि निरन्तर सम्पर्क र समन्वय गरिरहने अध्यक्ष ओलीको प्रतिवद्धता छ ।






प्रतिक्रिया