काठमाडौं- मध्यपूर्वमा युद्धको त्रासदीसँगै संसारभरबाट यात्रा गर्ने ८ हजारभन्दा बढी मानिस दोहाको ट्रान्जिटमा रोकिएका छन् ।
कतार एयरलगायत विभिन्न एयरलाइन्सबाट यात्रा गरिरहेका यात्रु विमानस्थल बन्द भएपछि ट्रान्जिटमा रोकिएको कतार सरकारले पुष्टि गरेको छ ।
कतारी विदेश मन्त्रालयले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि इरानले गर्न खोजेको आक्रमण असफल पारिएको जनाएको छ । इरानले कतारलगायत अमेरिकी सेनाका आधार शिविर राखिएको खाडी मुलुकमाथि हमला जारी राखेको छ ।






प्रतिक्रिया