धनगढी- कैलालीको धनगढीमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा मदिरा सेवन गरेका दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले छ राउन्ड हवाइ फायर गरेको जनाएको छ ।
सो क्रममा कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दको गाडीमा पनि ढुंगा प्रहार भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरी सहायक निरीक्षकसहित दुई जना घाइते भएका हुन् । घटनाको अनुसन्धानको लागि १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






प्रतिक्रिया