अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही-३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

रुपन्देही-३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित


भैरहवा-रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गर्नुभएको छ। नेकपा ९एमाले० का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गर्नुभयो ।