अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ५ मा रास्वपाका बालेन्द्र शाह अत्याधिक मतले विजयी,अध्यक्ष ओलीले दिए बधाई

झापा ५ मा रास्वपाका बालेन्द्र शाह अत्याधिक मतले विजयी,अध्यक्ष ओलीले दिए बधाई


काठमाडौं- धेरैको चासो रहेको झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बालेन्द्र शाहले अत्याधिक मतका साथ विजयी भएका छन् । उनले ६८ हजार४ सय ३८ मत पाउँदा प्रतिष्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् । यसैगरी श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २ सय ३३ मत प्राप्त गरेका छन् ।
ओलीले २०४८ साल देखि निरन्तर निर्वाच्न जितेको यो क्षेत्रमा २०६४ सालमा तत्कालिन नेकपा माओवादीका विश्दिप लिङदेनले ओलीलाई पराजित गरेका थिए । त्यसयता २०७०,०७४।०७९ मा फराकिलो मतान्तरले जितेका ओलीलाई यसपट शाहले फराकिलो मतान्तरले पराजित गरे । ओलीलाई ४९ हजार सात सय ४ मतले पराजित गरेका छन् ।
यसैबीच ओलीले बालेनलाई विजयी भएको बधाइ दिएका छन् । उनले सामाजिक सञ्जालमा आफूले तबला दिएको तस्विर राख्दै ओलीले लेखेका छन् बालेन बाबु,बिजयका लागि तपाईंलाई बधाई । तपाईको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस ।