अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपरासी- १ मा रास्वपाका विक्रम विजयी

नवलपरासी- १ मा रास्वपाका विक्रम विजयी


काठमाडौं – नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् ।

खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाए । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरे ।