काठमाडौं-दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी हुनुभएकाे छ। भर्खरै सकिएको मतगणनाअनुसार ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी हुनुभएकाे हाे।
ठगुन्नाका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६, रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री ठगुन्नाले दार्चुलाबाट तेस्रो पटक संसद यात्रा तय गरेका छन्। यसअघि २०७० र २०७४ को चुनाव जितेका ठगुन्ना २०७९ मा भने कांग्रेसका दीलेन्द्रप्रसाद बडुसँग हारेका थिए।






प्रतिक्रिया