अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् एमालेबाट निर्वाचित ७ सांसद

यी हुन् एमालेबाट निर्वाचित ७ सांसद


काठमाडौं- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ। अहिलेसम्म एमालेबाट ७ जनामात्र निर्वाचित भएका छन्। गणना जारी रहेका ठाउँमा पनि ३ क्षेत्रमा मात्र अग्रता छ।

एमालेका विजयी उम्मेदवारहरूमा कोशीमा ताप्लेजुङबाट क्षितिज थेवे, इलाम-२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई छन्।

यसैगरी लुम्बिनीमा बाँके-२ बाट मो‍. इश्तियाक राई, कर्णालीमा दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल र सुदूरपश्चिममा बझाङबाट ऐन महर र दार्जुलाबाट गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन्।

एमालेले लिड गरिरहेको २ क्षेत्रमध्ये  मुगुमा खड्ग शाही र बाजुरामा जनकराज गिरी रहेका छन् ।