काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ हार र जित चुनावी प्रक्रिया मात्र भएको बताउनुभएको छ। लमजुङमा रास्वपाका धर्मराज केसीसँग पराजित भएका उपाध्यक्ष गुरुङले लोकतन्त्रमा जनताको अभिमत नै सर्वोपरि हुने भएकाले जनमतलाई शिरोधार्य गर्ने बताउनुभयो।
रास्वपाका उम्मेदवार केसीलाई बधाई दिँदै उपाध्यक्ष गुरुङले भन्नुभएको छ, ‘हार र जित एउटा चुनावी प्रक्रिया मात्र हो, तर जनतासँगको मेरो सम्बन्ध कहिल्यै टुट्ने छैन। म पदमा रहँदा होस् या नरहँदा, लमजुङको विकास र यहाँका नागरिकको सुख–दुःखमा मेरो उपस्थिति रहनेछ। लमजुङे जनताको सेवक भएर काम गर्ने मेरो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ।’
उपाध्यक्ष गुरुङले आगामी दिनमा पनि सँगै रहेर सुन्दर लमजुङको उन्नतिका लागि काम गर्ने बताउनुभयो।
लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले ३३ हजार ८ सय ९८ मत पाएर विजय हुनुभएको थियो। एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत पाएको थियो। यसैगरी नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत पाएको थियो। नेकपाका हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत पाए ।






प्रतिक्रिया