सुनसरी-श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी-१ बाट विजयी हुनुभएको छ । साम्पाङले ८ हजार ४ सय ९२ मत ल्याएर विजयी हुनुभएको हाे।
साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभयाे। साम्पाङ धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।
सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् । साम्पाङले जेन्जी आन्दोलन पछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए ।
साम्पाङको पार्टीले प्रत्यक्ष तर्फ दुई सिट जितेको छ। सो पार्टीका महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन्।






प्रतिक्रिया