अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित


स्याङ्जा-प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित हुनुभएको छ। केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो । साथै नेकपा ९एमाले० का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याउनुभएको हो ।

कूल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो ।