अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरी-२ मा सिके राउतलाई हराउँदै रास्वपाका रामजी यादव विजयी

सप्तरी-२ मा सिके राउतलाई हराउँदै रास्वपाका रामजी यादव विजयी


 सप्तरी-जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हराउँदै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका छन्।

२८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ हजार ८८० मत प्राप्त गरे ।

जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिभान पार्टीक उम्मेदवार सतिशकुमार सिंहले ३५५७ मत पाएका छन् । उनी जनमतबाटै मधेशको मुख्यमन्त्री भएका थिए ।

यस्तै, कांग्रेसका रामकुमार यादवले २४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले ११२० र मोहम्मद जियाउन रहमान ८८३ मत पाएका छन् ।