भोजपुर-भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित हुनुभएकाे छ।
आइतबार सम्पन्न मतगणनाअनुसार राई १६ हजार ६६३ मत ल्याएर निर्वाचित हुनुभएको हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ।
यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८६७० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रमेश प्रसाद ओझाले ६ हजार १ सय २ मत ल्याउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का अजम्बर राई काङमाङले ५ हजार ७२८ मत ल्याउनुभएको छ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ।






प्रतिक्रिया