दोलखा-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित हुनुभएको छ। खरेलले ३२ हजार ३७६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।
सो क्षेत्रमा नेकपा एमालेका पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गर्नुभयो। साथै नेपाली कम्युनिस्ट पार्टी नेकपा विशाल खड्काले १३ हजार ६५ र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गर्नुभएको जनाइएको छ।
दोलखामा कुल ८४ हजार ४८१ मत खसेकोमा ४ हजार ४६० मत बदर भएको छ। यस निर्वाचनमा १४ राजनीतिक दल र १९ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।






प्रतिक्रिया