रामेछाप-प्रतिनिधि सभा सदस्य निर्वाचनमा रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकी विजयी हुनुभएको छ। बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।
उहाँका निकटतम प्रतिस्पर्धी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गर्नुभएको छ। कांग्रेसका रामचन्द्र खड्का १६ हजार ३०७ मत प्राप्त गर्नुभएकाे छ।
नेकपाका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाउँदा उज्यालो नेपालका दीपबहादुर योञ्जनले ७ हजार २०१ मत प्राप्त गर्नुभएकाे छ।






प्रतिक्रिया