अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच वर्षे कार्यकाल सकेर डेपुटी गभर्नरद्वय बिदाइ हुँदै, काे-काे छन् दौडमा ?

पाँच वर्षे कार्यकाल सकेर डेपुटी गभर्नरद्वय बिदाइ हुँदै, काे-काे छन् दौडमा ?


काठमाडौं-नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय डा.निलम ढुंगाना र बमबहादुर मिश्रको कार्यकाल आजबाट सकिएको छ। ५ वर्षे कार्यकाल सकेर डेपुटीद्धय बाहिरिन लागेका हुन्। डेपुटीद्वयको कार्यकाल आइतबार सकिएसँगै सोमबार राष्ट्र बैंकले औपचारिक बिदाइ गर्दैछ। 

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले सोमबार गभर्नरद्धय पाँच वर्षे कार्यकाल सकेर राष्ट्रबैंकबाट बाहिरिने जानकारी दिनुभयो। ‘भोलि औपचारिक रुपमा बिदाई कार्यक्रम छ,’उहाँले भन्नुभयो।

ढुंगाना र मिश्र २०७७ साल फागुनमा डेपुटी गभर्नरमा नियुक्त भएका थिए। सोमबारबाट डेपुटी गभर्नर पद खाली हुने भएपछि नयाँ नियुक्तीलाई लिएर चर्चा शुरु भएको छ।  राष्ट्रबैंक ऐन २०५८ को दफा १६ अनुसार डेपुटी गभर्नरको नियुक्ति मन्त्रिपरिषदले गभर्नरको सिफारिसमा गर्ने व्यवस्था छ। 

यसका लागि गभर्नरले बैंकका विशिष्ट श्रेणी अर्थात कार्यकारी निर्देशकहरुमध्येबाट कार्यक्षमताको अधारमा नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । हाल राष्ट्रबैंकमा १८ जना कार्यकारी निर्देशक छन्। 

तीनै कार्यकारी निर्देशकहरुबाट गभर्नरले नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्नेछ।

हालसम्म कार्यकारी निर्देशकहरु नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, बिश्रुत पौडेल, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा.सत्येन्द्र तिम्सिना, चेत प्रसाद उप्रेती, रोसन कुमार सिग्देल, डा.रामशरण खरेल, डा. दिल्लीराम पोखरेल, दिर्घ बहादुर रावल, निश्चल अधिकारी, दिपकराज लामिछाने, राजन विक्रम थापा र राजेन्द्र भट्टराई रहेका छन्।